बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

चौतारामा आयोजित मैत्रीपूर्ण टेवुल टेनिस प्रतियोगितामा जिल्ला प्रहरीको वर्चस्व

चौतारामा आयोजित मैत्रीपूर्ण टेवुल टेनिस प्रतियोगितामा जिल्ला प्रहरीको वर्चस्व

  • 2.7K
    SHARES

  • चौतारामा आयोजित मैत्रीपूर्ण टेवुल टेनिस प्रतियोगितामा जिल्ला प्रहरीको वर्चस्व

    चौतारा साँगाचोकगढी नगर खेलकुद विकास समिति र चौतारा साँगाचोकगढी नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरीको वर्चस्व भएको छ।

    कर्मचारी तथा बैंकर्स एवम् सुरक्षाकर्मी सहभागी मैत्रीपूर्ण टेबुलटेनिस प्रतियोगितामा नेपाल प्रहरिको वर्चस्व भएको हो।

    आज बिहान वनदेवी कभर्ड हल,चौतारामा आयोजित ” मैत्रीपूर्ण टेवुल टेनिस प्रतियोगिता(२०७८” मा श्री गोरखबक्स गण,जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, आयोजक टिम,कर्मचारी मिलन केन्द्र र नगर भित्र रहेका बैंक वित्तिय संस्थाहरु सहभागी भएका थिए । सो प्रतियोगितामा सिंगल तर्फ प्रहरी उपरीक्षक राजन अधिकारी प्रथम भए भने प्रहरी नायव निरीक्षक अजित राज बस्नेत दोस्रो भएका थिए।

    डबल्स तर्फ पनि प्रहरीकै टिम प्रहरी उपरीक्षक राजन अधिकारी, प्रहरी नायव निरीक्षक अजित राज बस्नेत प्रथम हुँदा द्धितिय तर्फ प्रहरी हवल्दार दिनेश स्याङतान र प्रहरी जवान तारा वहादुर थामीको टिम दोस्रो भएको छ।उक्त प्रतियोगितामा खेलको उत्कृष्ट खेलाडी समेत प्रहरी उपरीक्षक अधिकारी घोषीत भएका छन्।

    बिहिवार, पौष ८ २०७८०७:०९:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार