बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

लिदी पहिरो : पाँचको शव फेला, ३१ बेपत्ता

लिदी पहिरो : पाँचको शव फेला, ३१ बेपत्ता

मेगा खबर संवाददाता

३०, श्रावण २०७७
  • 1.5K
    SHARES

  • लिदी पहिरो : पाँचको शव फेला, ३१ बेपत्ता

    चौतारा । जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ ।

    पहिरोमा परेकामध्ये अझै ३१ जना बेपत्ता छन् । पहिराले ३५ घर ध्वस्त भएका छन् । पहिरामा परी घाइते भएका १४ जनाको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

    पहिरामा पुरिएका पाँच शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए । घाइतेको उद्धार जारी छ । पहिराबाट निकालिएका घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाडौँ पठाइएको उनले बताए ।

    त्यस्तै, सभामुख अग्निप्रसाद सापकोटा, नेकपा केन्द्रीय सदस्य माधव सापकोटा सहितको टोली शुक्रबार नै सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं २ लिदिमा गएको पहिरोस्थल गई त्यहाँको अवस्थाबारे जानकारी लिएका छन् ।

    सभामुखको पहलमा ५ जना घाइतेको उद्धार गरी उपचारका लागि चौतारा र काठमाडौं पठाइएको सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

    ‘लिदिमा राहत सामाग्री पनि पुर्याउने काम भइरहेको छ । लिदिमा आज विहान गएको पहिरोले ३७ घर पुरीदा ७ जनाको मृत्यु भएको छ । ३१ जना अझै पुरिएर बेपत्ता छन् । नेपाली सेना, नेपाल प्रहरी र स्थानियले पूरिएकाहरुको खोजिकार्य जारी राखेका छन् ।’ न्यौपानेले भनेका छन् ।

    117343776_589892345250107_2005162110541287285_n.jpg

    शुक्रवार, श्रावण ३० २०७७०३:५२:३७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार