काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा सहितको टोली सिन्धुपाल्चोकको लिदी–२ पुगेका छन् । शुक्रबार बिहान ६ बजेदेखि गएको पहिरोको कारण ३६ जना बेपत्ता भएका छन् ।
अहिले उद्दारका लागि सभामुख सापकोटा लगायत स्थानिय जनप्रतिनिधिहरु उपस्थित भएका छन् ।
त्यस्तै रेडक्रस पनि राहत सामग्री लिएर घटनास्थल जाँदै गरेको छ ।
लिदीको लामाचौरमा बस्तीभन्दा कम्तीमा चार सय मिटर माथिबाट पहिरो आएको थियो । माथिबाट पहिरो आइरहेकाले खोज तथा उद्धारमा समस्या भएको उनले बताए । पहिरामा घर पुरिएकाहरु माथि डाँडामा गएर बसेका छन् ।

भौगोलिक विकटता र भिरालो जमीन हुनाका साथै माथिबाट पहिरो आएको र तलबाट पनि जमीन भासिएकाले उद्धारमा कठिनाइ भएको हो ।
नजीकै अर्को कुनै गाउँ नभएको र त्यो गाउँ नै पहिराले बगाएकाले उद्धारमा समस्या भएको अध्यक्ष श्रेष्ठले बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेले कात्तिकेबाट प्रहरी उद्धारका लागि गए पनि लामो बाटो पार गर्नुपरेकाले प्रहरी घटनास्थल पुग्न समय लाग्ने देखिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।