बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी हुँदा २ करोड बढी क्षति

बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी हुँदा २ करोड बढी क्षति

विनोद भट्टराई

५, पौष २०७८
  • 1.3K
    SHARES

  • बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी हुँदा २ करोड बढी क्षति

    नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आगलागी हुँदा दुई करोड रुपैयाँ बढीको क्षति भएको छ ।

    सोमवार इन्द्रेणी कम्प्लेक्सका जीम सेन्टरमा आगलागी भएको हो । आगलागीबाट जीम सेन्टरको सामानहरु जल्दा दुई करोड रुपैयाँ भन्दा बढीको क्षति भएको जीम सेन्टरको सञ्चालकलाई उदृत  गर्दै प्रहरी वृत्त बानेश्वरका डिएसपी मिमबहादुर लामाले जानकारी दिए । 

    आगलागीको सूचना पाउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको टोली घटनास्थलमा पुगेर करिब ५० मिनेटमा आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिएको उनले बताए ।

    काठमाडौं, भक्तपुर र ललितपुर तिनवटै जिल्लाको दमकल समयमै आएका कारण आगलागी नियन्त्रण सम्भव भएको डिएसपी लामाले बताए । 

    सोमवार, पौष ५ २०७८०८:३१:२८

    पत्रकार कम इन्जिनियर, इन्जिनियर कम आर्किटेक्ट, खुशी मानव र श्रीमतीलाई माया गर्ने श्रीमान

    सम्बन्धित समाचार