बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

मेलम्चीमा उद्घोषण तथा भाषणकला अनुशिक्षण ५ दिने तालिम सञ्चालन

मेलम्चीमा उद्घोषण तथा भाषणकला अनुशिक्षण ५ दिने तालिम सञ्चालन

  • 1.5K
    SHARES

  • मेलम्चीमा उद्घोषण तथा भाषणकला अनुशिक्षण ५ दिने तालिम सञ्चालन

    पाँचपोखरी थाङ्पाल गाउँपालिका दलित साझा सञ्जालको आयोजना र गाउँपालिकाको आर्थिक सहयोगमा मेलम्चीमा उद्घोषण तथा भाषणकला अनुशिक्षण कार्यक्रम सुरु भएको छ ।

    गाउँपालिका उपाध्यक्ष सुनीता अधिकारीले तालिमको उद्घाटन गर्दै तालिमबाट धेरै कुराहरु सिक्न आग्रह गर्नुभयो।

    गाउँपालिका उपाध्यक्ष सुनीता अधिकारीले उपलब्धि मुलक तालिम बनाउनका लागि आयोजकलाई समेत आग्रह गर्नुभयो ।

    सञ्जालका अध्यक्ष दिपक परियारको अध्यक्षतामा भएको कार्यक्रममा अनुशिक्षण सहजिकरण डम्बर रसिक भारतीले गर्नुहुनेछ । तालिम ५ दिन सम्म चल्नेछ । तालिममा गाउँपालिका भित्रका २५ जना सहभागि रहेको अध्यक्ष परियारले जानकारी दिनुभयो।

    सोमवार, पौष ५ २०७८०६:४२:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार