शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

बुढानलिकण्ठको १२ नं वडामा अत्यावश्यकबाहेका व्यवसाय साँझ ८ बजेबाट बन्द

बुढानलिकण्ठको १२ नं वडामा अत्यावश्यकबाहेका व्यवसाय साँझ ८ बजेबाट बन्द

मेगा खबर संवाददाता

३०, श्रावण २०७७
  • 1.9K
    SHARES

  • बुढानलिकण्ठको १२ नं वडामा अत्यावश्यकबाहेका व्यवसाय साँझ ८ बजेबाट बन्द

    काठमाडौं । बुढानलिकण्ठ नगरपालिकाको वडा नं १२ ले कोभिड १९ को संक्रमणलाई न्यूनिकरण गर्नका लागि वडाभित्र संचालन हुने अत्यावश्यक र स्वास्थ्य सेवा बाहेकका अन्य सम्पूर्ण व्यवसायहरु साँझ ८ बजेदेखि अनिवार्य बन्द गर्ने निर्णय गरेको छ ।

    वडा नं १२ को विपद् व्यवस्थापन समिति, वडामा कृयाशिल राजनैतिक दल तथा टोल सुधार समितिका प्रतिनिधिहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

    साथै, वडाभित्र संचालित व्यवसायहरु सैलुन, फुटसल, ब्युटि पार्लर, जिम खाना खाली अर्को व्यवस्था नभएसम्मका लागि अनिवार्य रुपमा बन्द गर्ने वडा अध्यक्ष शभ्मु प्रसाद भट्टराईले जानकारी दिए । त्यस्तै, बैठकले वडाभित्र रहेका सम्पूर्ण धार्मिक स्थलहरुमा भिडभाड हुन नदिन आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको छ ।

    साथै, सपिङ मल, सुपर मार्केट र ठूला होलसेल पसलहरुमा ग्राहकहरुबीच् अनिवार्य रुपमा न्यूनतम दुरी कायम राख्ने व्यवस्था गर्ने साथै प्रवेशद्वार र आवश्यक स्थानमा सावुनपानी वा स्यानिटाइनरको प्रयोग अनिवार्य गर्ने निर्णय समेत बैठकले गरेको छ ।

    हेर्नुस वडा कार्यालयले निकालेको विज्ञप्ति

    FB_IMG_1597460396771.jpg

    शुक्रवार, श्रावण ३० २०७७११:०३:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार