बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

सिन्धुपाल्चोकमा फेरि विपत्ति : जुगलमा भिषण पहिरो, १५ घर पुरियो

सिन्धुपाल्चोकमा फेरि विपत्ति : जुगलमा भिषण पहिरो, १५ घर पुरियो

मेगा खबर संवाददाता

३०, श्रावण २०७७
  • 3.2K
    SHARES

  • सिन्धुपाल्चोकमा फेरि विपत्ति : जुगलमा भिषण पहिरो, १५ घर पुरियो

    काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा पुनः अर्को एक प्राकृतिक विपत्ति परेको छ । जिल्लाको जुगल गाउँपालिकाको वडा नंम्बर २ लिदिमा शुक्रबार भिषण पहिरो खसेको हो । बिहान ६ बजे खसेको पहिरोले १५ घर पुरिएको र केही थप घरहरु जोखिममा रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार प्रहरी घटनास्थलतर्फ पुग्दैछ । पहिरोले बाटो निकै अवरुद्ध भएकाले नजिक रहेकाहरुले खोजि तथा उद्धार कार्यमा जुट्न अनुरोध गरिएको छ ।

    १५ जना घाइते भने आफैं निस्किएका छन् । उद्धार गर्न जान सक्ने अबस्था नरहेको, पुरिएका ५ घरका सबै सम्पर्क विहिन रहेको र कति जना पुरिए भन्ने अझै खुल्न बाँकि रहेको स्थानियले जानकारी दिएका छन् ।

    जलबिरे ईलाका प्रहरी निरीक्ष हरि भट्टराईका अनुसार १५÷२० घर पहिरोले पुरिएको छ । सुरक्षा टोलि हिँड्दै त्यसतर्फ जानपर्ने भएकाले पुग्न कठिन भइरहेको उनले बताए । केहीदिन अघिमात्र सिन्धुपाल्चोकको जुगल, बलेफी गाउँपालिकामा ०३९ साल यताकै ठूलो वर्षा भएको थियो । वर्षापछि आएको बाढी पहिरोले थलिँदै गएको सिन्धुपाल्चोकमा पुनः शुक्रबार पनि पहिरो गएको हो ।

    २०७१ सालयता सिन्धुपाल्चोकमा विभिन्न प्राकृतिक विपत्तिले छाडेको छैन् । भूकम्प, बाढी, पहिरो, दुर्घटना लगायतले सिन्धुपाल्चोक निरन्तर रुपमा थलिँदै आएको छ ।

    शुक्रवार, श्रावण ३० २०७७०७:३९:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार