बुटवल । बुटवल उपमहानगर क्षेत्रभित्र आजदेखि बन्दाबन्दी गरिने भएको छ । बुटवल उपमहानगरको बैठकले आगामी भदौ ५ गतेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो ।
सो निर्णय राति ११ः४५ बजेदेखि भदौ ५ गते ११ः४५ बजेसम्म लागू हुने प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए । सोअनुसार बुटवलभित्रका खाद्यान्न पसल बिहान ७ देखि ११ बजेसम्म मात्रै खुल्न पाउनेछन् । दूध उद्योग बिहान ७ देखि ११ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म मात्रै खुल्न पाउने उपमहानगरपालिकाले जनाएको छ ।
लकडाउनपछि सार्वजनिक र निजी सवारी सञ्चालनमा रोक लगाइने र तरकारी बोक्ने गाडी पनि परिचयपत्र बोकेर मात्रै सञ्चालन गर्न पाइने छ । उपमहानगरपालिकाले होटल तथा रेष्टुरेन्ट पनि बन्द गर्न निर्देशन दिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।