राजापुर । कर्णाली नदी कटानका कारण बर्दियाका राजापुर र गेरुवा बाढीको उच्च जोखिममा परेका छन् । लगातारको वर्षाले कर्णालीमा जलसतह बढेपछि राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका तटीय क्षेत्र बाढीको उच्च जोखिममा परेका हुन् ।
राजापुर– ३ को तिघ्रामा कर्णालीले तटबन्ध भत्काउन थालेपछि स्थानीयवासी त्रसित्र बनेको स्थानीय प्रशासनले जनाएको छ । नदीमा पानीको बहाब बढ्दै जाँदा करीब पाँच सय मिटर तटबन्ध भत्किने खतरा बढेको छ । बाँध कटान गरिरहेका कारण करीब ६५ घर परिवारलाई राजापुरस्थित नेपाल खाद्य संस्थानको गोदाम भवनमा सारिएको जिल्ला आपत्कालीन व्यवस्थापन कार्यालयका सूचना अधिकारी रुपन ज्ञवालीले जानकारी र्दिए ।
बाँध कटान भई नदीको पानी गाउँमा पसेमा तीन वटा वडाका झण्डै तीन हजार घरपरिवार डुबानमा पर्ने खतरा छ । कर्णालीमा जलस्तर ११ मिटर पार गरेपछि बाढी पस्ने जोखिम हुन्छ । पहाडी भेगमा वर्षा नरोकिएकाले जलस्तर बढ्ने अनुमान आपत्कालीन व्यवस्थापन कार्यालयले गरेको छ । नदीले बाँध नै कटान गर्न थालेपछि किनारका स्थानीयवासी त्रसित भएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।