बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

रोबटले बच्चा जन्माउन सक्छ: वैज्ञानिक

रोबटले बच्चा जन्माउन सक्छ: वैज्ञानिक

मेगा खबर संवाददाता

२१, मंसिर २०७८
  • 1.7K
    SHARES

  • रोबटले बच्चा जन्माउन सक्छ: वैज्ञानिक

    अमेरिकी वैज्ञानिकहरुले नै सृजना गरेको पहिलो जीवित रोबट सेनोबोट्सले बच्चा उत्पादन गर्न सक्ने उनीहरुले दाबी गरेका हुन् । तर, रोबटको उत्पादन बोटबिरुवा र अन्य जनाबरहरुमा भन्दा फरक हुने उनीहरुको भनाई छ ।

    वैज्ञानिकहरुले पहिलो जीवित रोबटले बच्चा जन्माउन सक्ने बताए । हालै गरिएको एक अध्ययनमा उनीहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।

    अफ्रिकाको एउटा भ्यागुतो सेनोपोस लेभिसबाट सृजना गरिएका सेनोबोट्स एक मिलिमिटरभन्दा पनि न्यून फराकिला छन् । प्रयोगशालामा उनीहरु हिँडडुल गर्न र समूहमा काम गर्न सक्ने भएपछि ससाना बल्बहरुलाई सन् २०२० मा सार्वजनिक गरिएको थियो । युनिभर्सिटी अफ भर्माउन्ट, टफ्टस युनिभर्सिटी र हावार्ड युनिभर्सिटीको वायस इन्स्टिच्युट फर बायोलोजिकल्लीका इन्जिनियरहरूले विरुवा वा जनाबरहरुमा भन्दा विल्कुलै फरक तरिकाको प्रजनन विकास गरेको दाबी गरेका छन् । 

    आविष्कारबाट हामी अचम्म परेका छौं’ टफ्टस युनिभर्सिटीका प्राध्यापक तथा निर्देशक मिसेल लेभिन भन्छन् । भ्यागुताहरुले सामान्य तरिकाले नै बच्चा जन्माउँछन् । उनीहरुको बाँकी भ्रूणबाट कोषहरुलाई हटाइदिने तथा नयाँ वातावरणमा छोडिदिने हो भने उनीहरु नयाँ ढंगले  हिँडडुल गर्ने मात्र होइन, नयँ तरिकाले प्रजनन् समेत गर्छन् । उनी भन्छन् । 

    रोबोट कि जीव?

    स्टिम सेल अनिश्चत कोष हुन् जसको विभिन्न प्रकारको कोषमा विकसित हुने क्षमता रहन्छ । सेनोबोट्स बनाउन अनुसन्धानकर्ताहरुले भ्यागुतोको भ्रुणको जीवित स्टिम कोषलाई नष्ट गरेर अन्डा निश्काशनका लागि छोडिदिएका थिए । जीनलाई कुनै परिवर्तन गरिएको थिएन् । 

    अधिकांशले यो सोच्छन् कि रोबट धातु र माटोबाट बनेका हुन् । रोबट केबाट बन्छ भन्ने विषय गौण हो । बरु यसले के गर्छ भन्ने महत्त्वपूर्ण विषय हो ।  प्राध्यापक तथा युनिभर्सिटी अफ भर्मन्टका विज्ञ जोश बोनगार्ड भन्छन् बाहिरी रुपमा यो रोबट नै हो तर वास्तविक रुपमा भन्नुपर्दा भ्यागुतोको कोषाबाट वंशानुगत रुपमा बनाइएको जीव हो ।

    करिव तीन हजार कोषबाट बनाइएका सुरुमा गोलाकार देखिएका सेनोबोट्स नक्कल गर्न सकिने बोनगार्ड बताउँछन् । यो दुर्लभ र विशेष परिस्थितमा मात्र हुने उनको भनाई छ ।

    सेनोबोट्सलाई अझै प्रभावकारी बनाउन कृत्रिम बौद्धिकताको सहयोगमा अनुसन्धानकर्ताहरुले अर्बै शरीरका आकारलाई परीक्षण गरेका थिए । परीक्षाण गर्न सुपरकम्प्युटरलाई सी अ‍ाकारमा ल्याइएको थियो । त्यो अ‍ाकार सन् १९८० को भिडियो गेम प्याक मेनसँग मिल्दथ्यो । यो अध्ययन वैज्ञानिक जर्नल पीएनएएसमा प्रकाशित छ ।  

    मंगलवार, मंसिर २१ २०७८०३:२४:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार