काठमाडौं । ललितपुर जिल्ला अदालतले १४ जनासँग धरौटी माग गरेको छ । नक्कली भान्जा खडा गरेर मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा १४ जनासँग धरौटी माग गरिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले मानव शरीरको अंग प्रत्यारोपण ऐन, २०५५ अनुसार जिल्ला अदालतमा २० जनालाई मुद्दा दायर गरेको थियो ।
मुद्दा चलाइएको २० जना मध्ये १४ जना मात्रै पक्राउ परेका थिए । उनीहरुसँग जिल्ला अदालतले २० हजार रुपैयाँदेखि ४ लाख रुपैयाँसम्म धरौटी मागेको छ । अदालतले थुनछेक आदेश सुनाउँदै नक्कली भान्जा बनेर मिर्गौला दिने सन्तोष राईसँग २० हजार रुपैयाँ धरौटी माग गरेको छ । नक्कली कागजात खडा गरेर विदेशमा रहेका व्यक्ति विवरण प्रयोग गरी तेस्रो व्यक्तिको मिर्गौला प्रत्यारोपण भएको थियो । मिर्गौला दिने राई स्वयं आफै उपस्थित भएर प्रहरीमा जाहेरी दिएपछि सो घटना पर्दाभास भएको हो ।
यस्तै अदलातले प्रत्यारोपणमा संलग्न चितवन मेडिकल कलेजका दुई चिकित्सकलाई जनही ५० हजार रुपैयाँ धरौटी माग गरेको छ । त्यस्तै कानुनी सल्लाहकार रमेश काफ्ले र चितवन जिल्ला प्रशासनका अधिकृत रामचन्द्र खड्कासँग जनहीँ ५० हजार रुपैयाँ धरौटी मागेको छ ।
नक्कली भान्जा खडा गरेर मिर्गौला लिने काममा संलग्न भएको आरोप लागेका मृगौला लिने व्यक्तिकी बहिनी जमुना राजभण्डारी, मध्यस्तकर्ताको भूमिका खेलेका रेश्मा राई र योगेन्द्र थपलियासँग जनहीँ चार लाख रुपैयाँ धरौटी मागिएको छ । चलखेलका आधारमा नाता प्रमाणित गर्ने ललितपुर महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष श्रीगोपाल महर्जन तथा ललितपुर जिल्ला प्रशासनका दुई जना कर्मचारीसँग पनि जनहीँ ५० हजार रुपैयाँ धरौटी मागिएको छ । प्रहरीको अनुसन्धानमा अस्पतालको मिलेमतोसमेत खुलेको थियो । तर, उनीहरूको प्रत्यक्ष मिलेमतो नदेखिएको भन्दै मतियार मात्र बनाइएको थियो ।
मानव बेचबिखन अनुसन्धान ब्युरोले भरतपुरको जिल्ला प्रशासन कार्यालयका प्रशासन अधिकृत रामचन्द्र ढकाल, कलेजका कानूनी सल्लाहकार रमेश काफ्ले, कलेजका प्रमुख सञ्चालक अधिकृत डा. सुप्रभात श्रेष्ठ, कलेजमा कार्यरत डा। बालकृष्ण कालाखेती, नोबेल अस्पतालका डा। राकेशकुमार बर्मा लाई पक्राउ गरेको थियो
यस्तै भक्तपुर निवासी जमुनाराज भण्डारी, काठमाडौंको टोखा बस्ने प्रहरी सहायक निरिक्षक भिमप्रसाद खनाल, झापा घर भएका निलम्बीत प्रहरी नायब निरिक्षक योगेन्द्रराज थपलिया, भक्तपुर निवासी रेश्मा राई, ललितपुर महानगरपालिका–३ का वडा अध्यक्ष गोपाल महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुरका तत्कालिन खरिदार नवराज केसी, जिल्ला प्रशासन कार्यालय ललितपुरका कार्यालय सहायक राजकुमार केसी पक्राउ गरेको थियो । नेपाल प्रहरीका सहायक निरीक्षक भीमप्रसाद खनाल र नायब निरीक्षक योगेन्द्रराज थपलिया पक्राउ परेका थिए ।
नक्कली भान्जा खडा गरेर २७ जेठ २०७६ मा उनको चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज९सिओएमएस०मार्फत सफल मिर्गौला प्रत्यारोपण भयो । नक्कली भान्जा बनेर मिर्गौला दिएका व्यक्तिलाई १० लाख रुपैयाँमा डिल गरेको भएपनि एक लाख ३३ हजार नपाएपछि प्रहरीमा उजुरी दिएपछि घटनाको रहस्य खुलेको थियो । मिर्गौला प्रत्यारोपण गर्दा भान्जा रिजवनबीर जोशीको नाम उल्लेख भएका कागजातहरू प्रयोग गरिएको थियो । तर उनको भान्जा जोशी अस्ट्रेलियामा रहेको प्रहरकिो अनुसन्धानमा खुलेको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।