बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

गत २४ घन्टामा २ लाख ७४ हजारमा संक्रमण, ६ हजार ६ सय बढीको मृत्यु

गत २४ घन्टामा २ लाख ७४ हजारमा संक्रमण, ६ हजार ६ सय बढीको मृत्यु

मेगा खबर संवाददाता

२९, श्रावण २०७७
  • 1.8K
    SHARES

  • गत २४ घन्टामा २ लाख ७४ हजारमा संक्रमण, ६ हजार ६ सय बढीको मृत्यु

    काठमाडौं । विश्वमा गएको २४ घन्टामा २ लाख ७४ हजार भन्दा धेरैमा काेराेना संक्रमण देखिएको छ ।

    वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा २ लाख ७४ हजार ८ सय ८५ जना संक्रमित थपिएका छन् भने ६ हजार ६ सय ४६ जनाको मृत्यु भएको छ । बुधबार सबै भन्दा धेरै संक्रमित भारतमा थपिएका छन् ।

    भारत ६७ हजार ६६ जना संक्रमित थपिएका छन् भने ९ सय ५० जनाको ज्यान गएको छ । त्यस्तै ब्राजिलमा बुधबार ५८ हजार ८१ जनामा संक्रमण देखिएको छ भने ११ सय ६४ जनाको ज्यान गएको छ ।

    अमेरिकामा बुधबार ५४ हजार १ सय ८८ जनामा संक्रमण देखिएको छ भने १३ सय ८१ जनाको कोरोनाकै कारण ज्यान गएको छ ।

    बिहिवार, श्रावण २९ २०७७०८:२३:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार