बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा बाघको आतंकले स्थानीयमा त्रास

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा बाघको आतंकले स्थानीयमा त्रास

विनोद भट्टराई

१६, मंसिर २०७८
  • 1.9K
    SHARES

  • सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा बाघको आतंकले स्थानीयमा त्रास

    सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा बाघको आतंकले स्थानीयमा त्रास बढाएको छ ।

     बुधबार राति भैंसी बाघले खाएपछि मेलम्ची–९ का ओमबहादुर भण्डारी चिन्तित छन् । गाई, भैंसी, गोरु, बाख्रालगायत घर पालुवा पशुहरू गोठमा बाँधिरहेकै अवस्थामा बाघले खाना थालेपछि स्थानीय चिन्तित भए । एक हप्तामा बाघको आक्रमणबाट चार पशुचौपायाको मूत्यु भएको छ ।

    बाघ गाउँमा पस्न थालेपछि स्थानीय साँझमै घरभित्र बस्न बाध्य  छन् । ‘गोठमै आएर गाईवस्तु खान थालेपछि मानिसमा त्रास बढ्नु स्वभाविकै हो’, मेलम्ची ९ ज्यामिरेका सुनिलकुमार भण्डारीले भने, ज्यामिरे लगायत आसपासका क्षेत्रमा बाघले आतंक मच्चाएको छ स्कुल जाने स-साना बालबालिकामा पनि बाघले आक्रमण गर्ने हो कि भन्ने त्रास अभिभावकमा उब्जिन थालेको छ । 

    बिहिवार, मंसिर १६ २०७८१२:०७:३२

    पत्रकार कम इन्जिनियर, इन्जिनियर कम आर्किटेक्ट, खुशी मानव र श्रीमतीलाई माया गर्ने श्रीमान

    सम्बन्धित समाचार