बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

ज्यान उद्योगका फरार प्रतिवादी पक्राउ

ज्यान उद्योगका फरार प्रतिवादी पक्राउ

रासस

२९, श्रावण २०७७
  • 1.7K
    SHARES

  • ज्यान उद्योगका फरार प्रतिवादी पक्राउ

    काठमाडौं । ज्यान मार्ने उद्योगका फरार प्रतिवादी काठमाडौँ चन्द्रागिरि नगरपालिका–६ बाला गाउँ बस्ने २७ वर्षीय अनिल उदासलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उदासलाई चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ चोकबाट बुधबार पक्राउ गरेको हो ।

    अभियुक्त उदास र टेकु बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–३ का २८ वर्षीय अमृतकुमार वैद्यले २०७६ चैत २ गते राति चन्द्रागिरि नगरपालिका १५ विष्णुदेवी घर भएका बा २ ज ५३१६ नम्बरको ट्याक्सीका चालक विष्णुबहादुर श्रेष्ठलाई ढुङ्गा तथा इँटा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

    घटनामा संलग्न वैद्यलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो भने उदास उक्त घटनापश्चात फरार रहेका थिए । उदासलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएको वृत्तले जनाएको छ ।

    बिहिवार, श्रावण २९ २०७७०८:१५:०६
    सम्बन्धित समाचार