बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

सि.जी. ब्राण्डको आधिकारीक वेबसाईट प्रारम्भ 

सि.जी. ब्राण्डको आधिकारीक वेबसाईट प्रारम्भ 

मेगा खबर संवाददाता

२८, श्रावण २०७७
  • 1.9K
    SHARES

  • सि.जी. ब्राण्डको आधिकारीक वेबसाईट प्रारम्भ 

    काठमाडौं। नेपालकै सबैभन्दा ठूलो र नं.१ ब्राण्ड बन्न सफल सि.जी.ले आफ्नो आधिकारीक वेबसाईट www.cginspiringlife.comसफलता पूर्वक लन्च गरेको छ ।

    यो वेबसाईट ग्राहक, डिलर तथा सम्पूर्ण महानुभावहरुलाई ध्यानमा राखि, आफ्ना सम्पूर्ण घरायसी सामाग्रीहरुको पूर्ण जानकारी दिने उद्देश्यका साथ बनाईएको हो । यस वेबसाईटमा उपभोक्ताहरुले आफुले खरिद गर्ने सामानको विशेषता देखि लिएर वारेण्टी, मूल्य र अन्य थुप्रै जानकारी प्राप्त गर्न सक्नेछन् । 
    यस वेबसाईटमा सि.जी.ब्राण्डमा रहेका एल.ई.डि टि.भी., रेफ्रिजेरेटर, वासिङ मेसिन, डिफ्रिज, एयरकन्डिसन, ओभन, एयर कुलर, भ्याकुम, राईजकुकर, मिक्चर, वाटरडिस्पेन्सर आदी जस्ता सम्पूर्ण घरायसी सामानहरुको बारेमा पूर्ण जानकारी रहेको छ । 

    यसमा रहेको सर्पोट सेक्सनमा ग्राहकहरुले आफ्नो समस्या र वारेण्टी आदिको दाबी दर्ता गर्नूका साथै सोको अवस्था वेबसाईटबाट नै हेर्न सकिनेछ । साथै ग्राहक वर्गहरुको सुविधाको लागि यस वेबसाईटमा सि.जी.का सर्भिस सेन्टरहरुको स्थान र सम्पर्क नं. पनि राखिएको छ । 
    यसमा भएको स्टोर सेक्सनबाट ग्राहकहरुले आफ्नो नजिकमा रहेको सोरुम पनि सजिलै पत्ता लगाउन र सम्र्पक पनि गर्न सक्नेछन् । 
    विभिन्न अवसरमा कम्पनीले ल्याउने अफर तथा छुटको बारेमा पनि जानकारी दिने काम यो वेबसाईटमा हुनेछ । 

    वर्तवान अवस्थामा फैलिएको कोभिड–१९ भाइरसबाट टाढै रहि घरमै बसिबसि आफुले चाहेको सामानहरुको पूर्ण जानकारी लिई बुकिङ र खरिद समेत गर्न सकिने छ ।
    तसर्थ सि.जी. ब्राण्डले सम्पूर्ण ग्राहक महानुभावहरुको जिवनशैलिलाई सरल र सहज बनाउने लक्ष्यका साथ तयार गरेको यो वेबसाईटबाट सम्पूर्ण सरोकारवाला लाभान्वित हुनेछन् भन्ने कम्पनीको विश्वास रहेको छ । 

    बुधवार, श्रावण २८ २०७७०६:३१:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार