बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

कम्पनी रजिष्ट्रारको काम अब अनलाइनबाटै

कम्पनी रजिष्ट्रारको काम अब अनलाइनबाटै

मेगा खबर संवाददाता

२८, श्रावण २०७७
  • 2.9K
    SHARES

  • कम्पनी रजिष्ट्रारको काम अब अनलाइनबाटै

    काठमाडौं। कम्पनी दर्ता सम्बन्धी सबै काम अब घर तथा कार्यालयबाटै गर्न सकिने भएको छ । अनलाईनमार्फत कम्पनी दर्ता गर्न सकिने व्यवस्थासहितको प्राविधिक तयारी पुरा भएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

    भदौ एक गतेबाट नयाँ कम्पनी दर्ताको लागि कम्पनीले अनलाइनमार्फत पेश गरेका कागजातलाई नै आधिकारिक मानी कार्य गरिने निर्णय भएको कम्पनी रजिष्ट्रार कार्यालयका प्रवक्ता एवं उपरजिष्ट्रार तुल्सीराम गैरेले जानकारी दिए ।

    अनलाईन प्रणालीपछि नयाँ कम्पनीको प्रवन्धपत्र र नियमावलीको दुई प्रतिबाहेक अन्य कागजी विवरण कार्यालयमा पेश गर्न नपर्ने प्रवक्ता गैरेले बताए । यसरी दर्ता हुने नयाँ कम्पनीको छुट्टै कागजी फायल तयार नगरिने र ती कम्पनीको पुनः काम गर्नु पर्दा अनलाईन अभिलेखलाई नै अधार मानिने कार्यालयले जनाएको छ ।

    पुराना कम्पनीले बुझाउनुपर्ने सबै विवरण पनि भाद्र १ गतेदेखि अनलाईनमार्फत नै बुझाउन मिल्ने व्यवस्था गरिएको छ । कम्पनी रजिष्ट्रार कार्यालयमा बुझाउन नपर्ने सक्कल कागज पत्र कम्पनीले आफ्नो कार्यालयमा सुरक्षित राख्नु पर्नेछ ।

    यस्तै सेयर लगत अभिलेख पनि कम्पनी रजिष्ट्रारले विद्युतीय प्रति नै राख्ने छ ।

    बुधवार, श्रावण २८ २०७७०५:०३:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार