शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

बुटवलमा दुईजनाको मृत्यु

बुटवलमा दुईजनाको मृत्यु

मेगा खबर संवाददाता

२८, श्रावण २०७७
  • 1.5K
    SHARES

  • बुटवलमा दुईजनाको मृत्यु

    बुटवल । बुटवलस्थित कोरोना विषेश अस्थायी अस्पतालमा गएराती दुई जनाको मृत्यु भएको छ । मृत्यु भएका दुइ जना मध्ये एक जनामा कोरोना पुष्टी भएको छ भने अर्का एक जनाको रिपोर्ट आउन बाकी रहेको छ । 

    प्रादेशिक अस्पतालका अनुसार आइसोलेसनमा भर्ना भएका कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नंं. २ तौलिहवाका ४२ वर्षीय पुरुष र कपिलवस्तुको कृष्णनगरका २५ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । एक जनाको राती ४ बजे र अर्का एक जनाको २ बजेर ४७ मिनेटमा मृत्यु भएको हो । अस्पतालका अनुसार दुवै जनालाई भर्ना भएकै दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार सुरु गरिएको थियो ।

    ४२ वर्षिय पुरुष साउन २५ गते र २५ वर्षिय पुरुष गएराती अस्पतालमा भर्ना भएका थिए । ४२ वर्षिय पुरुषको कोरोना संक्रमण पुष्टि भए पनि अर्का २५ वर्षिय पुरुषको स्वाब परीक्षण हुन बाँकी छ ।

    २५ वर्षीय पुरुष भारतको मुम्बईबाट केही दिनअघि घर आएका थिए । उनको स्वाबको पीसीआर परीक्षणको प्रक्रियामा रहेको छ । बुटवल कोरोेना अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । यसअघि अस्पतालमा रुपन्देही सैनामैनाका बाबुराम थापाको मृत्यु भएको थियो । थापाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।

    बुधवार, श्रावण २८ २०७७०४:२२:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार