काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आफ्ना पिता खड्गबहादुर बस्नेतको निधनमा श्रद्धाञ्जली तथा परिवारमा समवेदना प्रकट गर्ने शुभचिन्तकप्रति आभार प्रकट गरेका छन् ।
बस्नेतले साउन २२ मा निधन भएका आफ्ना ८४ वर्षीय बुवाको शव त्रिवि शिक्षण अस्पतालले राति नै निकालेर लैजान बाध्य पारेको बताएका छन् ।
बस्नेतका ८४ वर्षीय बुवाको निधनपछि दाहसंस्कारसमेत भइसकेको अवस्थामा ६ दिनपछि सरकारले कोरोना पुष्टि गरेपछि अहिले सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्र तनाव ग्रस्त बनेको छ।
राजनीतिक कुचेष्टासहित बुवाको शव पिसिआर रिपोर्टसमेत नआई जवरजस्ती अस्पतालबाट लगिएको भनेर आफूलाई बदनाम गर्न खोजिएको बस्नेतको गुनासो छ । उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्,‘ शिक्षण अस्पतालमा उपचारका लागि लैजादा उहाँको सुरुमा पीसीआर नेगेटीभ देखिएको थियो । पहिला उपचार पछि घरमै आराम गरिरहनु भएका उहाँको स्वास्थ्यमा पुन समस्या आएपछि मनमोहन कारडियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसीयुमा भर्ना गरिएको थियो । डाक्टरहरुको टिमले दुवै किड्नी ड्यामेज भएकाले मृत्यु भएको हामीलाई जानकारी गराएपछि हामीले अन्तिम संस्कारका लागि बाह्रविसे ल्याएका हौं ।’
त्यहाँ डाक्टरहरुको टिमले दुवै किड्नी ड्यामेज भएकाले मृत्यु भएको जानकारी गराएको बस्नेतले उल्लेख गरेका छन् । उनले अघि भनेका छन्,‘डाक्टरले दुवै किड्नी ड्यामेज भएकाले निधन भएको बताएपछि हामीले अन्तिम संस्कारका लागि बाह्रविसे ल्याएका हौं ।’
‘दुवै किड्नी ड्यामेज भएकाले मृत्यु भएको जानकारीपछि दाहसंस्कारमा धेरै शुभचिन्तक सहभागी भए ।’ उनले भनेका छन्, ‘नमुना लिएको ६ घण्टामा आउने रिपोर्ट कोरोना लागेर मृत्यु भएको भन्दै स्वास्थ्य मन्त्रालयबाट एक सातापछि समाचार सम्प्रेषण हुन्छ भने यसमा हाम्रो कुनै कमजोरी छैन । यदि कोरोना संक्रमण नै थियो भने हामीलाई किन राति नै शव लैजानु भन्ने अमानवीय हर्कत भयो ?’
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।