बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पश्चिमी सीमा नाका गड्डाचौकी भएर ६०० विदेशी पर्यटक भित्रिए

पश्चिमी सीमा नाका गड्डाचौकी भएर ६०० विदेशी पर्यटक भित्रिए

मेगा खबर संवाददाता

२८, श्रावण २०७७
  • 3.2K
    SHARES

  • पश्चिमी सीमा नाका गड्डाचौकी भएर ६०० विदेशी पर्यटक भित्रिए

    महेन्द्रनगर। पश्चिमी सीमा नाका गड्डाचौकी भएर यस वर्ष ६०० भन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन । विदेशी पर्यटक कोरोना सङ्क्रमण शुरु हुनुअघि नेपाल आएका हुन् । कोरोना सङ्क्रमण शुरु भएपछि गत चैतदेखि गड्डाचौकी नाका भएर विदेशी पर्यटक आएका छैनन् ।

    गड्डाचौकीस्थित अध्यागमन कार्यालयका अनुसार सन २०२० को जनवरीदेखि मार्चसम्म ६१८ विदेशी पर्यटक नेपाल आएका छन । यस अवधिमा ५१७ जना गड्डाचौकी नाका भएर फर्किएका छन । तीन महिनामा सबैभन्दा बढी पर्यटक फेब्रुअरीमा आएको कार्यालयको तथ्याङ्कमा छ । फेब्रुअरीमा २४९ विदेशी पर्यटक आएका छन् । यसैगरी जनवरीमा २२४ र मार्चमा १४५ जना आएका छन ।
    यस्तै गड्डाचौकी नाकाबाट जनवरीमा सबैभन्दा बढी विदेशी पर्यटक फर्किएका छन ।

    जनवरीमा २०२ पर्यटक फर्किएका छन । यसैगरी फेब्रुअरीमा १९० र मार्चमा १२५ जना आएका छन ।
    गड्डाचौकी नाका भएर सन २०१९ को तुलनामा यो अवधिमा तेब्बर बढी पर्यटक आएका थिए । त्यही हाराहारीमा नाका भएर फर्किएका थिए । सन २०१९ को जनवरीदेखि अगस्टसम्म एक हजार ८६३ विदेशी पर्यटक नेपाल आएकोमा एक हजार ५८० जना गड्डाचौकी नाका भएर फर्किएका थिए ।
    अध्यागमन कार्यालयका सूचना अधिकारी शैलेन्द्र बडूले कोरोना सङ्क्रमण फैलिएपछि विदेशी पर्यटक आउन बन्द भएको बताए । “कोरोना सङ्क्रमण फैलिनु अघिसम्म पर्यटक आइरहेका थिए । सङ्क्रमण फैलिएर नाका बन्द भएपछि पर्यटक आउन पूर्णरूपमा बन्द भयो”,उनले भने ।

    सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि गड्डाचौकी नाका बन्द गरिएको थियो । भीमदत्त नगरपालिकाले त्यसको एक दिनअघि नै नाका बन्द गराएको थियो । कोरोना सङ्क्रमण सकिएर नाका नखुल्दासम्म गड्डाचौकी नाका भएर पर्यटक आउने कुनै सम्भावना नरहेको सूचना अधिकारी बडूले बताए ।

    पर्यटक आउन छाडेपछि यस वर्ष अध्यागनले लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न सक्ने अवस्था छैन । सन २०१९ मा गड्डाचौकी नाका भएर दुई हजार ३३४ विदेशी पर्यटक नेपाल आएका थिए । दुई हजार २९२ पर्यटक नाका भएर फर्किएका थिए ।

    बुधवार, श्रावण २८ २०७७०९:१९:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार