रेडियो नेपालले कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।
विभिन्न पदमा स्थायी पदपूर्ति गर्नका लागि लोकसेवा आयोगको सहमतिमा रेडियो नेपालले दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले शुक्रबारदेखि २१ दिनभित्र वा दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।
दरखास्त आह्वान भएकामा इन्जिनियर, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कार्यक्रम अधिकृत, गायन–बाद्य संयोजक, सम्पादक (नेपाली), संवाददाता, प्रधान सहायक, लेखापाल, समाचार बाचक नेपाली, कार्यालय सहायक, लेखापाल, प्राविधिक सहायक, कार्यक्रम सहायक जस्ता पद रहेका छन् । दरखास्त फाराम र पाठ्यक्रम रेडियो नेपालको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ भने कर्मचारी छनौट खुला प्रतियोगितात्मक परीक्षाद्वारा गरिनेछ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।