बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

विद्यार्थी नेता भण्डारीमाथि सांघातिक आक्रमण गर्नेलाई कडा कार्वाही गर्न अनेरास्ववियूको माग

विद्यार्थी नेता भण्डारीमाथि सांघातिक आक्रमण गर्नेलाई कडा कार्वाही गर्न अनेरास्ववियूको माग

मेगा खबर संवाददाता

२७, श्रावण २०७७
  • 1.2K
    SHARES

  • विद्यार्थी नेता भण्डारीमाथि सांघातिक आक्रमण गर्नेलाई कडा कार्वाही गर्न अनेरास्ववियूको माग

    काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले आफ्ना केन्द्रीय सदस्य सरोजध्वज भण्डारीमाथि साङ्घातिक हमला गर्ने आक्रमणकारीलाई तत्काल गिरफ्तार गरि कडा कार्वाही गर्न माग गरेको छ । चितवन कार्यक्षेत्र भएका भण्डारी रत्ननगर नगरपालिका वडा नं. ३ स्थित शान्ति चोकमा आइतवार सांझ एक्लै हिडिरहेको वेला आक्रमणकारीहरुले खुकुरी र रडले सांघातिक आक्रमण गरेका थिए ।

    ‘ग्रिन चितवन, क्लिन चितवन’ अभियानका संयोजक र सामाजिक अभियन्ता समेत रहेका विद्यार्थी नेता भण्डारीमाथि गरिएको आक्रमणको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले घोर निन्दा र भर्त्सना गरेका छन् । नेता वस्नेतले आक्रमणकारीलाई तत्काल गिरफ्तार गरि हदैसम्मको कार्वाही गर्न समेत माग गरेका छन् ।

    यसैविच अनेरास्ववियू चितवन जिल्ला कमिटीका संयोजक प्रकाश आचार्य र सहसंयोजक वसन्त आचार्यले एक विज्ञप्ति प्रकाशित गरि घटनाको निन्दा गर्दै दोषीलाई कडा कार्वाहीको माग गरेको छ ।

    मंगलवार, श्रावण २७ २०७७११:०१:५२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार