बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

कोरोना संक्रमणबाट २ जनाको ज्यान गयो

कोरोना संक्रमणबाट २ जनाको ज्यान गयो

मेगा खबर संवाददाता

२७, श्रावण २०७७
  • 1.8K
    SHARES

  • कोरोना संक्रमणबाट २ जनाको ज्यान गयो

    काठमाडौं ।जनकपुरधाममा थप एक कोरोना संक्रमितर कोहलपुर मेडिकल कलेजमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ ।

    प्रादेशिक अस्पताल मातहत रहेको कोरोना (कोभिड–१९) विशेष अस्पतालको आइसोलेसनमा उपचाररत धनुषाको विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ । टिबीबाट ग्रसित ती पुरुष स्वास्थ्यमा थप समस्या देखिएपछि साउन ८ गते उपचारका लागि अस्पताल पुगेका थिए।

    पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेशनमा भर्ना गरिएको थियो। संक्रमितलाई लामो समयदेखि अत्यधिक ज्वारो आइरहेको अस्पतालका डा.जामुन सिंहले जानकारी दिए ।

    त्यस्तै, मेडिकल कलेज कोहलपुरमा एक व्यक्तिको कोभिड–१९का कारण मृत्यु भएको पुष्टि भएको छ । अछाम चौरपाटी निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए ।

    जिल्लामा हालसम्म बाँके निवासी तीन र अन्य जिल्लावासी दुई जनाको कोरोना भाइरसका कारण मृत्यु भएको जनाइएको छ ।

    मंगलवार, श्रावण २७ २०७७०८:४९:२१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार