बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भाइटीकामा उपहारका लागि ढाकाको बिक्री बढ्दो

भाइटीकामा उपहारका लागि ढाकाको बिक्री बढ्दो

मेगा खबर संवाददाता

२०, कार्तिक २०७८
  • 1.5K
    SHARES

  • भाइटीकामा उपहारका लागि ढाकाको बिक्री बढ्दो

    काठमाडौं । भाइटीकाको दिन तिहारमा दिदीबहिनी र दाजुभाबीच उपहार साटासाट गर्नका लागि ढाका कपडाको किनबेच बढेको छ ।
    यहाँ उत्पादित ढाका कपडाबाट बुनेका टोपी, मफलर, टाइ, सर्ट र पर्ससँगै सारी, कुर्ता–सलवार र चोलो भाइटीकामा चेलीले माइती र माइतीले चेलीलाई उपहार दिन किनबेच हुन्छ ।

    तिहार लागेपछि पाँचथरका अधिकांश पसलमा ढाकाका सामग्रीको मागसँगै खरिद बिक्री पनि झन्डै दोब्बर अंकले बढेको व्यवसायीहरु बताउँछन् । गतवर्ष भने कोरोना महामारीका कारण पाँचथरमा ढाकाको कारोबार नै भएको थिएन ।
    पाँचथर र तेह्रथुममा उत्पादित ढाका कपडाका सामग्री टिकाउ र गुणस्तरीय हुने भएकाले जिल्ला भित्र र बाहिरका ग्राहक खरिद गर्न आइपुगेको प्रतिमा ढाका कपडा उद्योगकी प्रोपाइटर प्रतिमा पौडेल बताउँछिन् ।


    पाँचथरमा मात्रै ४५ वटा उद्योगकले ढाका कपडा उत्पादनसँगै बिक्री वितरण गर्दै आएका छन् । तिहारअघि दैनिक १० देखि २० हजारको ढाका बेच्दै आएका यहाँका व्यवसायीले यमपञ्चक सुरु भएयता झन्डै पाँच गुणा धेरै बिक्री भएको बताएका छन् । यहाँ उत्पादित ढाका कपडाको पाँचथर, ताप्लेजुङ र इलाम हुँदै काठमाडौं, सिंगापुर र अमेरिकाबाट पनि माग हुँदै आएको छ ।

    शनिवार, कार्तिक २० २०७८०९:३२:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार