काठमाडौं । नेपाल मेडिसिटी हस्पिटल भैँसेपाटीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
काठमाडौँको कलंकीका ६४ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर खगेश्वर गेलालले बताए । कलंकी ट्याक्लाफाँट निवासी ६४ वर्षका पुरुषको मृत्यु भएको उनले बताए ।
निमोनिया भएर गत साउन १९ गते मेडिसिटी हस्पिटलमा भर्ना भएका उनको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको डा गेलालले जानकारी दिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।