बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

रसुवाको सबै बजार क्षेत्रमा सीसीटीभी क्यामरा

रसुवाको सबै बजार क्षेत्रमा सीसीटीभी क्यामरा

मेगा खबर संवाददाता

१२, कार्तिक २०७८
  • 1.6K
    SHARES

  • रसुवाको सबै बजार क्षेत्रमा सीसीटीभी क्यामरा

    रसुवाको सबै बजार क्षेत्रमा सीसीटीभी क्यामरा राखिएको छ ।

    जिल्लामा शान्ति सुरक्षा कायम राख्न,नाकामा सीमामा हुने अपराध,चोरी सिकार तथा राजमार्गमा हुने विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सीसीटीभी राखिएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए ।

    गाउँपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालय रसुवाले सीसीटीभी जडान गरेको हो ।  रसुवागढीमा २,स्याफ्रुबेसीमा २,धुन्चेमा १८ वटा,कालीकामा ५ र बेत्रावतीमा २ वटा राखिएको कार्यालयले जनाएको छ ।

    रसुवामा रहेकाे बेत्रावती, स्याफ्रु र रसुवागढीमा जिल्ला प्रहरी कार्यालय रसुवाले र कालीकास्थानमा र धुन्चेमा गाउँपालिकाको सहयोगमा सीसीटीभी राखेकाे हाे । यसअघि राखिएका सीसीटीभी बिग्रिएका कारण नयाँ जडान गरिएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए ।

    हामीले अहिले टिमुरे बाहेक अन्य क्षेत्रमा सीसीटीभी जडान गरिसकेका छौँ उनले भन,टिमुरे क्षेत्रमा भन्सार कार्यालय,यातायात व्यवसायी,बैंक तथा वित्तीय संस्थासँगको समन्वयमा राखिने छ । 

    शुक्रवार, कार्तिक १२ २०७८०९:५०:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार