आफ्नो कम्पनीको नाम फेसबुकले परिवर्तन गरेर मेटा बनाएको छ ।
सामाजिक सञ्जालभन्दा बढी भर्चुअल रियालिटी जस्ता क्षेत्रमा आफूलाई विस्तार गरिरहँदा कम्पनीले नयाँ नामले आफूले गर्ने गरेको कामलाई विस्तृतमा समेट्ने बताए । यो कम्पनीको स्वामित्वमा फेसबुक, म्यासेन्जर,ह्वाट्स एप, इन्स्टाग्राम आदि लोकप्रिय सामाजिक सञ्जालहरुको नाम यथावत रहने छ ।
एक पूर्व कर्मचारीले कागजातहरू चुहाएपछि फेसबुकबारे नकारात्मक विवरणहरू आइरहेका बेला कम्पनीले नयाँ नाम घोषणा गरेको हो । फेसबुकका संस्थापक मार्क जुकरबर्गले ‘मेटाभर्स’ बनाउने योजनाहरू सार्वजनिक गर्दै कम्पनीको नयाँ नाम घोषणा गरेका बीबीसीले जनाए ।
जुकरबर्गले कम्पनीको अहिलेको नामले आफूहरूले अहिले गरिरहेको वा भविष्यमा गर्ने सबै कामको प्रतिनिधित्व नगर्ने भएकाले नाम परिवर्तन गर्नुपरेको बताए ।
मेटाभर्स एउटा यस्तो अनलाइन दुनियाँ हो जहाँ मानिसले भीआर हेडसेटको प्रयोग गरेर काम गर्न, खेल खेल्न वा सञ्चारका लागि प्रयोग गर्न सक्ने छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।