बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

ढलको पानी बाटोमा,स्थानिय बासिन्दा तनावमा

ढलको पानी बाटोमा,स्थानिय बासिन्दा तनावमा

शान्ता आचार्य

४, कार्तिक २०७८
  • 1.8K
    SHARES

  • ढलको पानी बाटोमा,स्थानिय बासिन्दा तनावमा

    काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नं ११ प्रगति चोकमा लामो समय अगाडि देखि ढलको पानी बाटोमा छर्पस्ट बगिरहेकोले स्थानिय बासिन्दा तनावमा छन् ।

    कपन पैंयुटार ओरालोदेखि प्रगति चोकसम्मकाे मुख्य सडक बिगत ३ महिना देखि ढलको पानी बाटोमा छर्पस्ट बगिरहेको छ । यहि बाटाे भएर दैनिक कयाैँ गाडी तथा माेटरसाइकल चल्छन् भने हजाराै मानिस पैदलयात्रा गर्छन् ।  

    यस्तो गुनासो मेगाखबरमा पनि आएकोले हामीले जनप्रतिनिधि सङ सम्पर्क गरेका छौ । सडक को दायाँबायाँको नाली बन्द भएको कारण यो समस्या आएको र दसैको बिदामा काम गर्न सकिएन तर आजैबाट यो समस्या समाधानको लागी काम सुरु गर्ने वडा सदस्य बिमल तामाङले बताए ।

    No description available.

    पटक -पटक जानकारी गराउदा पनि स्थानिय निकायले बेवास्ता गरेको भन्दै रोसन बाबू बुढाथोकी सामाजिक संजालमा यस्तो लेखेका छन " मुल सडकमा यसरी ढल बगिरहँदा सम्बन्धित वडा कार्यालयदेखि कुनै पनि निकाय भने पूर्णतः माैन छ । स्थानीय यसो हेर्दा लाग्छ, यो ठाउँमा स्थानीय जनप्रतिनिधि वा सरकार छैन । यो भेगमा राजनीतिकर्मी, स्थानीय नभएको जस्तो लाग्छ । भोलि-पर्सी स्थानीयहरुलाई यहि कारणले गर्दा रोग लाग्न सक्छ । जनताको भोटको राम्रो काममा सदुपयोग गर्दिनुस स्थानीय सरकार ! यहाँको स्थानीयको ध्यान बेलैमा जाओस" 

    No description available.

     

     

    बिहिवार, कार्तिक ४ २०७८०९:२५:४९
    सम्बन्धित समाचार