बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :
काेराेना कहर:

जुगल गाउँपालिकाको वडा नं ५ उच्च जोखिममा, अत्यावश्यक बाहेक हिँडडुल नगर्न आग्रह

जुगल गाउँपालिकाको वडा नं ५ उच्च जोखिममा, अत्यावश्यक बाहेक हिँडडुल नगर्न आग्रह

मेगा खबर संवाददाता

२५, श्रावण २०७७
  • 1.4K
    SHARES

  • जुगल गाउँपालिकाको वडा नं ५ उच्च जोखिममा, अत्यावश्यक बाहेक हिँडडुल नगर्न आग्रह

    चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा दुईजना शिक्षकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने भएको छ ।

    गाउँपालिकाको वडा नं ५ मा संचालित सेतीदेवी मावि र रत्न राज्य लक्ष्मी मााविमा कार्यरत शिक्षकहरुमा संक्रमण देखिएको हो । उनीहरुमा संक्रमण पुष्टि भएपछि वडा नं ५ का अध्यक्ष सनत कुमाार अधिकारीले एक जरुरी सूचनामार्फत अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध गरेका छन् ।

    उनले जारी गरेको सूचनामा भनिएको छ्, ‘कार्यरत शिक्षकहरु केहिदिन अगाडी गाउँपालिका प्रवेश गरेको र निजहरु बाहिर जिल्लाबाट काठमाडौं प्रवेश गर्ने क्रममा थानकोट नाकामा स्वाब संकलन गरि परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएकोले उहाँहरुसँग प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरु पहिचान गरि संक्रमण नियन्त्रण गर्नका लागि यस गाउँपालिका वडा नं ५ अन्तर्गतका अत्यावश्यक बाहेकका सबै कार्यलय बन्द गरि यस वडा अन्तर्गतका ढाँडे, बराम्ची, चनौटे, सापले, घ्यान्दुङ क्षेत्र सम्भावित जोखिम क्षेत्र घोषणा गरिअत्यावश्यक बाहेकका काममा घर बाहिर ननिस्कन, भेटघाट, हिँडडुल, बैठक, भेला नगर्न सुचित गरिन्छ ।’

    याे पनि:

    जुगल गाउँपालिकाका अर्का एक शिक्षकमा पनि कोरोना पुष्टि

    यसअघि पनि जुगल गाउँपालिकाकै १ जना शिक्षकमा कोरोना संक्रमण देखिएको थियो । भने आज अर्का एकजना शिक्षकमा देखिएको हो ।

    साथै, जुगल गाउापालिका र यससँग प्रत्यक्ष जोडिएका बलेफी गाउँपालिका १ मा रहेका सिम्ले जलबिरे बस्तीमा नहडबढाई सर्तक रही कोरोनासङ्ग रहेका सम्पूर्ण प्रोटोकललाई पालना गर्न अनुरोध गरिएको छ ।

    117253753_326627805153477_2075505640921413907_n.jpg

    आइतवार, श्रावण २५ २०७७१२:५०:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार