अमृत थापा/सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका अर्का एक शिक्षकलाई पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ । यो सँगै जुगलमा संक्रमितको संख्या २ जना पुगेको छ ।
यसअघि पनि जुगल गाउँपालिकाकै १ जना शिक्षकमा कोरोना संक्रमण देखिएको थियो ।
उनमा संक्रमण देखिएपछि गाउँपालिकाको वडा नं ५ बराम्चीलाई सम्भावित उच्च जोखिम क्षेत्र मानि अकोए सूचना जारी नभएउसम्मका लागि हिँडडुल, भेटघाट, बैठक तथा पसल, होटल, कार्यालय लगायतका आकस्मिक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय भएको थियो ।
गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले अर्का एक शिक्षकमा पनि संक्रमण पुष्टि भएको बताए । साथै, जुगल गाउापालिका र यससँग प्रत्यक्ष जोडिएका बलेफी गाउँपालिका १ मा रहेका सिम्ले जलबिरे बस्तीमा नहडबढाई सर्तक रही कोरोनासङ्ग रहेका सम्पूर्ण प्रोटोकललाई पालना गर्न अनुरोध गरिएको छ ।
यस्तो छ अध्यक्ष श्रेष्ठले जारी गरेको सूचनाः
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।