फाइल तस्बिर
काठमाडौं । काठमाडौंको गोंगबुमा सुटकेशमा बन्द गरेको अवस्थामा शव फेला परेको छ । गोंगबुस्थित गणेशस्थान मन्दिरबाट एक सय मिटर भित्र सुटकेशमा शव फेला परेको हो ।
प्रहरीका अनुसार पानीले भिजेकोसुटकेशबाट रगत बगेको देखेपछि स्थानियले खबर गरेका थिए । भेटिएको शवको टाउको भने सुटकेशमा नभएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार टाउको तीन सय मिटर टाढा भेटिएको छ । शवको पहिचान भएको छैन ।
-थप विवरण आउन बाँकी छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।