बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

१८ सय ब्याण्डमा टेलिकमलाई ५ मेगाहर्ज फ्रिक्वेन्सी दिने निर्णय

१८ सय ब्याण्डमा टेलिकमलाई ५ मेगाहर्ज फ्रिक्वेन्सी दिने निर्णय

मेगा खबर संवाददाता

२४, श्रावण २०७७
  • 3.9K
    SHARES

  • १८ सय ब्याण्डमा टेलिकमलाई ५ मेगाहर्ज फ्रिक्वेन्सी दिने निर्णय

    काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमलाई १८ सय मेगाहर्ज ब्याण्डमा पाँच मेगाहर्ज फ्रिक्वेन्सी दिने निर्णय भएको छ । शुक्रबार बसेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले एनसेललाई दिइएकै मूल्यमा टेलिकमलाई फोरजी सेवाको फ्रिक्वेन्सी दिने निर्णय गरेको हो ।

    यस अघि टेलिकमले बोलकबोल पूर्वको मूल्यमै उक्त उपलब्ध गराइदिन भन्दै समितिमा आवेदन दिएको थियो । सोही विषयमा छलफल गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडा अध्यक्ष रहेको समितिले बोलकबोलबाट तय भएको नयाँ मूल्यमा फ्रिक्वेन्सी दिने निर्णय लिएको हो ।

    एनसेलले गत फागुनमा भएको बोलकबोलमार्फत प्रति मेगाहर्ज ५ करोड ८० लाख रुपैयाँमा ९ मेगाहर्ज फ्रिक्वेन्सी हात पारेको थियो । अब टेलिकमले फ्रिक्वेन्सी लिन चाहे सोही अनुरुपको मूल्य तिर्नुपर्ने समिति स्रोतले  बताएको छ । फ्रिक्वेन्सी अभावमा टेलिकमले फोरजी सेवामा अपेक्षित गुणस्तर कायम गर्न सकेको छैन ।

    दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्य सम्बन्धी नीति २०६९ अनुसार प्रति वर्ष प्रति मेगाहर्ज (अनपेयर्ड) एक करोड ८० लाख रुपैयाँमा फ्रिक्वेन्सी उपलब्ध गराइँदै आएको थियो ।

    कूल ७५ मेगाहर्ज फ्रिक्वेन्सी रहेको १८ ब्याण्डमा हाल वितरण हुन बाँकी फ्रिक्वेन्सी सात मेगाहर्ज मात्र छ । टेलिकमले पाँच मेगाहर्ज फ्रिक्वेन्सी लिएको खण्डमा दुई मेगाहर्ज मात्र बाँकी रहनेछ ।

    १८ ब्याण्डको फ्रिक्वेन्सी कुन सेवाप्रदायकसँग कति ?

    toooo.JPG

    शनिवार, श्रावण २४ २०७७०९:५७:०६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार