काठमाडौं। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कागज खरिदको ठेक्का विवादस्पद ओम्नी ग्रुपले नपाउने भएपछि रद्द गरेको छ । जनक शिक्षा केन्द्र स्रोतका अनुसार ठेक्का रद्द गर्न माथिल्लो निकायबाट दबाब आएपछि बोलपत्र आह्वान रद्द भएको सूचना निकाल्न परेको हो ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कागज खरिदमा आर्थिक वर्ष २०७६र०७७ मा पनि ओम्नी ग्रुप कम्पनीले ठेक्का पाए पनि सम्झौता अनुसार कागज बुझाउन ढिलाई गरेको थियो । समयमा कागज बुझाउन अटेर गरेपछि पुन म्याद थप पछि मात्रै कागज बुझाएको थियो । केन्द्रका एक अधिकारीका अनुसार गत वर्ष ओम्नीले कमसल खालको कागज बुझाएका थिए । अहिले ठेक्का पाउने लिष्टमै ओम्नीको नाम प्राविधक हिसावले पनि उपयुक्त देखिएको थिएन ।
जनक शिक्षा लिमिटेडले सात हजार मेट्रिकटन कागज खरिदका लागि दुई वटा बोलपत्र आह्वान गरेको थियो । सो आह्वान बमोजिम ओम्नी समुहले पनि ठेक्का हालेपनि प्राविधिक मुल्याङ्कनमा सबै भन्दा कम देखिएपछि रद्द गर्न भूमिका खेलेको हो । जनक शिक्षाले सरकारको दबाबका कारण साउन २२ मा ठेक्का प्रक्रिया रद्द भएको सूचना प्रकाशित गरेको हो । कागज खरिदका लागि पुन अर्को बोलपत्र आह्वान भएको छ ।


मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।