काठमाडौं, यती एयरलाइन्सको माउन्टेन फ्लाइट पुनः सुचारु हुने भएको छ ।
एयरलाइन्सले दोश्रो लकडाउन पछि रोकिएको माउन्टेन फ्लाइट असोज १० गतेदेखि पुनः सुचारु हुने भएको छ । मौसममा केही सुधार हुने संकेत देखिएको र पर्वतीय उडानका लागि सेप्टेम्बर महिना उपयुक्त मानिने भएकोले उडान सुचारु गर्न लागिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताएका छन् । आइतबार एक उडान गर्ने गरि बुकिङ खुल्ला गरिएको पनि बर्तौलाले जनाए ।
बिदेशी नागरिकका लागि १३ हजार २ सय ७५ भाडादर कायम गरिएको बर्तौलाले जानकारी दिए । नेपाली यात्रुहरू तथा आवासीय बिदेशी नागरिकका लागि छुट्टाछुट्टै प्याकेज ल्याएको यतीले २ वटा टिकटका लागि ९ हजार ८ सय ४८ र १४ हजार ७ सय ७५ भाडादर तोकिएको छ ।
प्रत्येक आइतबारका लागि एटीआर–७२ विमान मार्फत एउटा माउन्टेन फ्लाइट हुने तालिका तय गरिएको र यात्रुहरूको माग बमोजिम बिस्तारै उडान संख्या थप गर्दै जाने नीति लिएकाे उनले जानकारि दिए ।
नेपाली तथा भारतीय नागरिकका लागि सगरमाथाको उचाई बराबरको ८,८४८ सम्मको आकर्षक भाडादरमा उडानको टिकट खरिद गर्न पाइने पनि यतीले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।