बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

२४ घण्टामा थपिए ४ सय ६४ जना कोरोना संक्रमित

२४ घण्टामा थपिए ४ सय ६४ जना कोरोना संक्रमित

मेगा खबर संवाददाता

२३, श्रावण २०७७
  • 1.7K
    SHARES

  • २४ घण्टामा थपिए ४ सय ६४ जना कोरोना संक्रमित

    काठमाडोैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २२ हजार ३ सय ६४ पुगेको जानकारी दिए । सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ३० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९ सय २६ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

    त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय ३७ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १५ हजार ८ सय १४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।

    शुक्रवार, श्रावण २३ २०७७०४:४९:४९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार