बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

रत्ननगरमा सिसी क्यामेरा जडान

रत्ननगरमा सिसी क्यामेरा जडान

मेगा खबर संवाददाता

२८, भाद्र २०७८
  • 1.5K
    SHARES

  • रत्ननगरमा सिसी क्यामेरा जडान

    पूर्वी चितवनको रत्ननगरको मुख्य सहरी क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको । रत्ननगर नगरपालिका, स्थानीय व्यवसायी र इलाका प्रहरी कार्यालय रत्ननगरको सक्रियतामा क्यामेरा जडान गरिएको हो ।

    रत्ननगरको टिकौली चोकदेखि तरकारी चोकसम्मको पाँच किलोमिटर सडकमा २२ वटा सिसी क्यामेरा जडान गरिएको हो । रत्ननगर नगरपालिकाले १४ र अन्य व्यवसायीको सहयोगमा ८ सिसी क्यामेरा जडान गरिएको हो । भीडभाड हुने, दुर्घटना बढी हुने र आपराधिक क्रियाकलाप बढी हुने क्षेत्रमा क्यामेरा जडान गरिएको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिए ।

    रु २३ लाख ५० हजारको लागतमा जडान गरिएका ती क्यामेरा १२ स्थानमा राखिएको छ । क्यामेराको औपचारिक शुभारम्भ गर्नुहुँदै वनले नगर क्षेत्रभित्र हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सहयोग पुगोस् भनेर सिसी क्यामेरा जडानमा सहयोग गरेको बताए ।

    नगरपालिकाका उपप्रमुख बिमला दुवाडीले नगरमा शान्ति र अमन चयन कायम गर्न यसले सहयोग पुग्ने बताइन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले सिसी क्यामेरा जडानसँगै मुख्य सहरी क्षेत्रमा हुने अपराध नियन्त्रणमा प्रहरीलाई सहज हुने बताए । उनले भने, “सिसी क्यामेराले मुख्य दोषी छुट्याउन सहज बन्ने छ ।”

    जडान गरिएका सिसी क्यामेराको अनुगमन इलाका प्रहरी कार्यालय रत्ननगरको नियन्त्रण कक्षबाट हुन्छ । अधिकारीका अनुसार जिल्लाका सातै पालिकामा प्रहरीले सिसी क्यामेरा जडानका लागि आवश्यक सहयोग र समन्वयका लागि अनुरोध गरेको छ ।

    सोमवार, भाद्र २८ २०७८०१:४१:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार