काठमाडौं । सिन्धुपाल्चोकको जुगल र बलेफी गाउँपालिकामा अविरल रुपमा परेको वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको छ । बिहिबार मध्यान्हदेखि परिरहेको अविरल वर्षाका कारण ब्रमायणी नदी र सोहीसँगै भएर बग्ने ठाडा खोल्साहरु अस्वभाविक रुपमा बढेपछि स्थानीय त्रसित भएका छन् ।
योसँगै जुगल र बलेफी गाउँपालिकाको एतिहासिक बजार जलविरेको वासिन्दाहरुको जनजीवन पनि अस्तव्यस्त बनेको छ ।
ब्रम्हायणी करिडोरको आसपास क्षेत्रमा भिषण वर्षाले जनजीवन अस्तव्यस्त भएको हो । जलबिरे फेदी अवस्थित बजारको पुर्वी भुभागमा पहिरो गएको छ भने मानवीय क्षती भने भएको छैन् ।
जलविरे पुरानो बजारमा भेलवाढीको कारण स्थानियहरु डरत्रासमा रहेका छन् । आज परेका वर्षा २०३९ साल पश्चातको ठूलो भएको स्थानीयवासीहरुले बताएका छन् ।
जुुगल गाउँपालिका वडा नं ५ बराम्ची, ढाँडे, बलेफी गाउँपालिका वडा नं १ जलविरे, वडा नं २ कल्लेरी गाउँ र कल्लेरी बेसी, वडा न ३ धुस्कोट, चिलाउने, बलेफी ४ डाँडागाउँ, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं २ बतासे, लगायतका क्षेत्रमा दिउँसो देखिको भीषण बर्षा जारी रहँदा स्थानिय ठाडो खोलामा आएको बाढिले गाउँ बस्तिमा त्रास उत्पन्न भएको छ ।
उता, बलेफी गाउँपालिकाको सिमाना ढाँडेखोला, जलविरेको बोक्से खोला, झोलंगेको कामीटार खोला, कल्लेरी बसीको ढाँडेखोला, नौविसेको लप्सेखोलामा २०५९ साल यताकै ठूलो बाढी आएको स्थानिय रघु न्यौपानेले बताए । गाउँमा ठाडो खोलो पसेपछि विलखबन्दमा परेको कल्लेरी न्यौपाने गाउँका शीक्षक देवी प्रसाद न्यौपानेको भनाई छ । स्थानिय राजेन्द्र भण्डारीले कामीटार खोलाको बाढीले सडक बगाएको र त्रास उत्पन्न भएको बताए ।
चौतारा साँगाचोकगढी वडा नं २ को सेरा क्षेत्र र रानीटार क्षेत्रमा पहिरो गइरहेको आवाज सुनिएपनि राती भएकोले क्षति आँकलन गर्न नसकिएको शिक्षक राजकुमार श्रेष्ठले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।