रन्जित आचार्य
काठमाडौं । बिहिबार मध्यान्हदेखि अविरल रुपमा परेको वर्षाका कारण सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ राम्चे का करिब १० घर उच्च जोखिममा परेका छन् । दिउँसो ३ बजेदेखि परिरहेको पानीले बस्ती छेउको सालघारीको पाखो भत्कँदा ढाडे, बराम्ची भैरवकुण्ड सडकको करिब २० मिटर भाग भत्किएको छ।
बाटो मुनिको भाग भत्किएर गोरेटोसमेत भत्किएको हुँदा उक्त गाउँका १० घर जोखिममा परेका हुन् । वर्षा निरन्तर परिरहेको अवस्थामा पहिरोले निकै क्षति हुनसक्ने देखिएको स्थानीयले बताएका छन् ।
त्यस्तै, गाउँपालिकामै रहेको ब्रम्हायणी नदिमा पानीको वहाब निकै बढेको छ । योसँगै किनारको बस्तीमा रहेकाले सतर्कता अपनाउनपर्ने स्थानीय सुरक्षा निकायले जनाएको छ । जुगल गाउँपालिका ५ मै पर्ने अर्को गणेश खोलामा आएको बाढीले लगभग ६५ रोपनीको धानबाली समेत नष्ट गरेको छ । त्यस्तै, टेकानपुरका खेत बगाएको छ भने मानविय क्षति भने भएको छैन् ।
गणेश खोलामा पानीको सहत बढेसँगै केहीदिनदेखि दुःख दिएको गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले मेगा खबरलाई जानकारी दिए ।
यसअघि पनि सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा प्राकृतिक विपत्ति भइरहेका छन् । ०७१ सालयता जिल्लाका विभिन्न ठाउँमा भूकम्प, बाढी, पहिरो लगायतका प्राकृतिक विपत्तिले थलिने गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।