साउन २२, काठमाडौं । सोमबार साँझ ६ वर्षीया बालिकालाई चकलेट दिन्छु भन्दै प्रलोभनमा पारी जबरजस्ती करणी गरेको अभियोगमा बुधबार प्रहरीले पक्राउ गरेको छ ।
६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी पछि प्रहरीले ओखलढुङगाको चिशंखुगढी गाउँपालिका १ ठुलीबेसी बस्ने १९ वर्षीय लोकराज अधिकारीलाई पक्राउ गरेको हो ।
यता कैलालीको टिकापुर नगरपालिका ६ बस्ने २८ वर्षीय सुमन कुमार चौधरीलाई ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
चौधरीले साउन ५ गते ती महिलालाई जबरजस्ती करणी गरी फरार भएको उजुरी पछि प्रहरीले खोजी गर्ने क्रममा भजनी नगरपालिका ४ खैलाडबाट उनीलाई पक्राउ गरेको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।