काठमाडौं, २१ साउन । नेपालमापछिल्लो समय दैनिक मानिसको कोरोना संक्रमणबाट मृत्यु भइरहेको छ ।
हिजोकोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका हुन् ।
मृतकमध्ये ४६ पुरुष, ११ महिला र १ शिशु छन् । कुल मृतकमध्ये तीनजना विदेशी छन् । उनीहरुमध्ये दुईजना भारतीय र एकजना चिनियाँ नागरिक हुन् ।
मृतकमध्ये अधिकांश ६० वर्ष माथिका छन् । मर्नेहरुमध्ये तराईका शहरका बासिन्दा बढी छन् । महिलाभन्दा पुरुषको मृत्युदर उच्च छ । शिशु एकजनाको मात्र मृत्यु भएको छ ।
७७ वर्षीय वृद्धको १९ साउनमा मृत्यु भएको हो । उनी ज्वरो तथा स्वासप्रश्वासको समस्या भएपछि कोशी अञ्चल अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा उनको निधन भएको थियो । मृतक मधुमेह तथा उच्च रक्तचापका विरामी थिए
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।