साउन २०, काठमाडौं । सशस्त्र प्रहरीले एकजाना नेपालीलाई अवैध रुपमा नेपाली रुपैयाँ भारत लैजाने क्रममा पक्राउ गरेको छ । भारतबाट लुकिछिपी नेपाल आउँदै गर्दा मायादेवी गाउँपालिका–१ पकडीका ३६ वर्षीय विनोद सोनार समातिएका हुन् । सोनारबाट प्रहरीले १६ लाख नेपाली रुपैयाँ बरामद गरेको छ ।
मायादेवी–४ ठकुरापुर गोब्ली बगैंचाबाट सशस्त्र प्रहरीको नियन्त्रणमा परेका उनी ठूलो रकमसहित फेला परेपछि सशस्त्र प्रहरीले सोधपुछ गर्दा रकमको स्रोत नबताउँदा नियन्त्रणमा लिइएको थियो ।
सोनारलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक धुव्र कार्कीले बताए । उनी सुन तस्करीमा संलग्न हुन सक्ने प्रहरीले अनुमान गरेकाे छ । पक्राउ परेका सोनारको साथबाट १ हजार दरका एक एक सय थानका १२ गड्डी र ५ सय दरका एक एक सय थानका ८ गड्डी बरामद गरिएको जनाइएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।