बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सिन्धुपाल्चोकको मेलम्ची बजारमा पहिरो जाँदा ८ बेपत्ता

सिन्धुपाल्चोकको मेलम्ची बजारमा पहिरो जाँदा ८ बेपत्ता

मेगा खबर संवाददाता

१९, श्रावण २०७७
  • 5.5K
    SHARES

  • सिन्धुपाल्चोकको मेलम्ची बजारमा पहिरो जाँदा ८  बेपत्ता
    श्रावण १९, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका अन्तर्गत मेलम्ची बजारमा आज राति अविरल वर्षाको कारण पहिरो जाँदा ८ जना बेपत्ता भएका छन् भने १ जनाको जीवित उद्धार गरीएको छ । 
     
    राती लगभग २ बजे मेलम्ची नगरपालिका वडा नम्बर - ११ स्थित मेलम्ची गेष्ट हाउस नजिकै पहिरो गएको स्थानीय गणेश दुलालले जानकारी दिए । 
     
     
    बागमती प्रदेशको बजेटबाट निर्माण गर्न लागिएको कभर्डहलको कामदारहरु बेपत्ता भएका हुन् । उनीहरुको सनाखत हुन बाँकी छ । बेपत्ता ८ जना सिन्धुपाल्चोक जिल्ला बाहिरका रहेको र खोज तथा उद्धारमा नेपाली सेना तथा सुरक्षा निकायहरु खटिरहेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले मेगा खबरलाई जानकारी दिएका छन् । 
     
     

    सोमवार, श्रावण १९ २०७७०७:३४:३४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार