साउन १८, काठमाडौं । कोरोना संक्रमणका कारण भारतमा एक प्रदेश मन्त्रीको मृत्यु भएको छ ।
बीबीसी हिन्दीका अनुसार कोरोना संक्रमणबाट उत्तर प्रदेश मन्त्रिपरिषदकी मन्त्री कमला रानी वरुणको निधन भएकाे हाे । उनलाई गत जुलाई १८ तारिख कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसपछि मन्त्री कमलालाई लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना गरिएकाे थियाे । तर उपचारकै क्रममा आइतबार बिहान उनकाे निधन बीबीसी हिन्दीले लेखेकाे छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । यसैकारण उनले आइतबार अयोध्या जाने कार्यक्रमसमेत स्थगन गरेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।