काठमाडाै, एमाले संस्थापनले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्नेगरी छलफल अघि बढाएको छ ।
पार्टी विभाजनको अध्याय सुरु भएसँगै प्रदेश सरकारमा हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले एमाले संस्थापनले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्नका लागि छलफल चलाएको छ । वर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले त्यसका लागि पदबाट राजीनामा दिएर नयाँ मुख्यमन्त्री नेतृ अष्टलक्ष्मी शाक्यलाई बनाउने गरी छलफल भएको नेताहरुले जानकारि दिएका छन् ।
शाक्यको मुख्यमन्त्री बन्ने अफरबारे आधिकारिक धारणा बाहिर आइसकेको छैन । शाक्यलाई एमालेको माधव कुमार नेपाल पक्षकी हुन् भने उनले यो प्रस्ताव स्वीकार नगरे योजना असफल हुने ठाउँ छ । शाक्यलाई सम्पर्कको प्रयास गर्दा उनी सम्पर्कमा आइनन् । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बुधबार बसेको बागमती प्रदेश एमाले संसदीय दलको बैठकमा पौडेलले आफूले राजीनामा दिनेबारे जानकारी एमाले सांसद रचना खड्काले बताइन् ।
पौडेलले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई सर्वसम्मत चयन गर्ने र शाक्यकै नेतृत्वमा सरकार गठन हुने बताएको उनको भनाइ छ ।
बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई झापामा रहेको र हेटौंडा आउँदै गरेको जानकारी दिँदै प्रदेश प्रमुख आइपुगे लगत्तै मुख्यमन्त्रीले राजीनामा दिने उनको भनाइ छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।