बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न गएका प्रहरीमाथि ढुंगामुढा, एसपीसहित छ घाइते

कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न गएका प्रहरीमाथि ढुंगामुढा, एसपीसहित छ घाइते

मेगा खबर संवाददाता

१७, श्रावण २०७७
  • 2.2K
    SHARES

  • कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न गएका प्रहरीमाथि ढुंगामुढा, एसपीसहित छ घाइते

    १७ साउन, काठमाडौं । वीरगञ्जमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न गएका प्रहरी टोलीमाथि आक्रमण भएको छ । वीरगञ्ज महानगरपालिका ३१ को मिलनचोकमा शव व्यवस्थापन गर्न गएका प्रहरी टोलीमाथि स्थानीयले ढुंगामुढा प्रहार गरेका हुन् ।

     आक्रमणमा परी जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तसहित ६ जना प्रहरी घाइते भएका हुन् । शव व्यवस्थापन गर्न प्रहरी टोली पुग्दा त्यहाँका स्थानीयले विरोध गरेका थिए ।

     स्थानीयले विरोध गरेपछि कुरा मिलाउने क्रममा स्थानीयले ढुंगामुढा गर्दा ६ जना प्रहरी घाइते भएको जनाइएको छ स्थिति सामान्य अवस्थामा ल्याउन हवाई फायर समेत गरिएको थियो । दर्जनौं राउण्ड अश्रुँग्यास प्रहार गरेपछि स्थिति केही नियन्त्रणमा आएको थियो ।

    आक्रमणकारीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    शनिवार, श्रावण १७ २०७७०६:५०:३४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार