बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

जुगल गाउँपालिकाद्धारा जलबिरे स्वास्थ्य केन्द्रलाई सोलार हस्तानतरण

जुगल गाउँपालिकाद्धारा जलबिरे स्वास्थ्य केन्द्रलाई सोलार हस्तानतरण

विनोद भट्टराई

१७, श्रावण २०७७
  • 3.8K
    SHARES

  • जुगल गाउँपालिकाद्धारा जलबिरे स्वास्थ्य केन्द्रलाई  सोलार हस्तानतरण
    साउन १७, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जुगल गाउँपालिकाको तर्फबाट जलबिरे प्राथमिक स्वास्थ्य केन्द्रका लागि २ किलोवाट बराबरको सोलार वितरण गरिएको छ ।
    राष्टिय गाउँपालिका महासंघका अध्यक्ष समेत रहनुभएका जुगल गाउँपालिकाको अध्यक्ष होमनारायण श्रेष्ठले बलेफी १ जलबिरेमा हालको अवस्थामा स्वास्थ्य सेवाका लागि बिजुली बत्ती नहुँदा प्रयोग गर्नका लागि आवश्यक रहने हुनाले सोलार हस्तानतरण गरिएको बताउनुभएको छ।

    sidhu.jpg

    जलबिरे प्राथमिक स्वास्थ्य केन्द्रमा विशेष गरी जुगल गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोक गढी नगरपालिकाका २ वटा वडालाई स्वास्थ्य सुविधा पुर्याउदै आएको डा. पिताम्बर खनालले बताउनुभयो ।
    जुगल गाउँपालिकाका अध्यक्ष श्रेष्ठले यो भन्दा पहिले पनि शौचालय तथा स्वास्थ्य संस्था घेराबार लगाउनका लागि बजेट व्यवस्थापन गराउनु भएको थियो ।

    शनिवार, श्रावण १७ २०७७०५:३८:३७

    पत्रकार कम इन्जिनियर, इन्जिनियर कम आर्किटेक्ट, खुशी मानव र श्रीमतीलाई माया गर्ने श्रीमान

    सम्बन्धित समाचार