बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

स्याउ बराबर तौल भएकी ‘विश्वकै सानो’ शिशु १३ महिनापछि घर फर्किइन्

स्याउ बराबर तौल भएकी ‘विश्वकै सानो’ शिशु १३ महिनापछि घर फर्किइन्

मेगा खबर संवाददाता

२५, श्रावण २०७८
  • 3.9K
    SHARES

  • स्याउ बराबर तौल भएकी ‘विश्वकै सानो’ शिशु १३ महिनापछि घर फर्किइन्

    जन्मिँदा विश्वकै सानो भनिएकी एक शिशु १३ महिना सिंगापुरको एक अस्पतालमा उपचारपछि घर फर्किएकी छन् ।

    क्वेक यू सुवान जन्मिदा मात्र २१२ ग्राम, करिब एउटा स्याउको तौल बराबर, थिइन् । उनकी उचाइ मात्र २४ सेन्टिमिटर थियो । सामान्यतः ४० हप्तामा जन्मिनुपर्नेमा उनको जन्म मात्र २५ हप्तामा भएको थियो ।

    टाइनिएस्ट बेबी रजिस्ट्रीअनुसार यसअघि सन् २०१८ मा अमेरिकामा २४५ ग्राम तौल भएकी शिशुको जन्म भएको थियो । आमालाई प्री–इक्लामप्सिया देखिएपछि यू सुवानलाई आपत्कालीन सी–सेक्सनबाट चार महिनाअघि नै जन्म दिइएको थियो । प्री–इक्लामप्सियामा उच्च रक्तचाप हुने गर्दछ जसले मानिसको महत्त्वपूर्ण अङ्गहरूमा क्षति पुग्न सक्छ ।

    यसले आमा र बच्चा दुवैलाई खतरा हुने देखिएपछि समयअगावै शिशुलाई जन्म दिने निर्णय गरिएको थियो । अहिले भने यू सुवान निकै स्वस्थ छिन् । उनको तौल पनि अहिले ६।३ किलो पुगेको छ । उनको उपचारका लागि विश्वभरबाट २ लाख ७० हजार डलर सहयोग प्राप्त भएको थियो । बीबीसी

    सोमवार, श्रावण २५ २०७८१२:१४:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार