११ साउनमा विषालु च्याउको तरकारी खाँदा जाजरकोटको कुशे गाउँपालिका–१, स्याक्रीका चार जनाको मृत्यु भएको थियो।
जाजरकोटमा विषालु च्याउ खाएर मृत्यु भएका तीन बालिकाको सामूहिक दाहसंस्कार गरिएको छ।
तीन वर्षीया अञ्जना चलाउनको गाउँमै मृत्यु भएको थियो भने बाँकी तीन जनाको उपचारका क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको थियो।
उपचारका क्रममा मृत्यु भएकी १६ वर्षीया औसरा चलाउने, १३ वर्षीया धनसरा चलाउने र ९ वर्षीया निरुता सिंहको सुर्खेतस्थित भेरी नदी किनारमा सामूहिक दाहसंस्कार गरिएको वडाध्यक्ष गोपालबहादुर नेपालीले बताए।
च्याउ खाएर बिरामी परेका सात जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत् १३ साउनमा प्रादेशिक अस्पताल सुर्खेत पुर्याइएको थियो। अब अस्पतालमा टेकबहादुर चलाउने, ललित चलाउने, कल्पना चलाउने र पशुपति चलाउनेको उपचार भइरहेको छ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।