बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

समाज कल्याण परिषद्को सदस्यमा सिन्धुचेली नानीमाया थापा नियुक्त

समाज कल्याण परिषद्को सदस्यमा सिन्धुचेली नानीमाया थापा नियुक्त

मेगा खबर संवाददाता

१४, श्रावण २०७७
  • 2.9K
    SHARES

  • समाज कल्याण परिषद्को सदस्यमा सिन्धुचेली नानीमाया थापा नियुक्त

     सामाजिक आन्दोलनमा विगत लामो समय देखि सिन्धुपाल्चोक जिल्लामा क्रियाशिल तथा सामाजिक विकास र महिला हक अधिकार एवं शिक्षाको क्षेत्रमा आवद्ध अधिकारकर्मी सिन्धुचेली नानीमाया थापा समाज कल्याण परिषद्को सदस्यमा नेपाल सरकारबाट नियुक्त हुनुभएको छ ।

    उहाँ सिन्धुपाल्चोक जिल्लाको गैर सरकारी संस्था ग्रामीण महिला सिर्जनशील परिवारको कार्यकारी निर्देशक तथा गैर सरकारी महासंघ नेपालको केन्द्रिय सदस्य पनि हुनुहुन्छ । नेपाल सरकारको तर्फबाट महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री पार्वत गुरुङले एक कार्यक्रमको साथ नियुक्त पत्र हस्तान्त्तरण गर्नुभयो ।

    यसको साथै नेपाल सरकारले परिषद्को उपाध्यक्षमा डा. पदम खतिवडा, सदस्य सचिवमा पुष्कर खाती तथा सदस्यहरुमा सिन्धुचेली नानीमाया थापा सहित गोविन्द बहादुर शाही, डा. मणीराम बञ्जाडे, ब्रह्माध्वज गुरुङ र सुशील ज्ञवाली नियुक्त भएका छन् ।

    बुधवार, श्रावण १४ २०७७०७:२५:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार