बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

३ हजार ३ सय नमुना परीक्षण गर्दा  १३० जनामा कोरोना भाइरस

३ हजार ३ सय नमुना परीक्षण गर्दा  १३० जनामा कोरोना भाइरस

मेगा खबर संवाददाता

११, श्रावण २०७७
  • 1.4K
    SHARES

  • ३ हजार ३ सय नमुना परीक्षण गर्दा  १३० जनामा कोरोना भाइरस
    ११ साउन, काठमाडौं पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ३ हजार ३ सय नमुना परीक्षण गर्दा  १३० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
     
      कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ । उनीहरुमध्ये ४५ जनाको मृत्यु भएको छ भने १३ हजार १२८ जना निको भएका छन् ।
     
    यस्तै दैलेखका २५, अछामका १४, काठमाडौं र इलामका ८/८ जना, बर्दियाका ६ र पर्साका ४ जनामा संक्रमण पुष्टि भएको छ । कास्की, रोल्पा, सुर्खेत र बाजुरामा ३/३ जना, सुनसरी, महोत्तरी, नवलपुर, सोलुखुम्बु, गोरखा र बाँकेमा २/२ जना तथा झापा, सिराहा, उदयपुर, धनुषा, दाङ, नुवाकोट, रौतहट, मकवानपुर, बारा, रुपन्देही, अर्घाखाँची, जुम्ला र कञ्चनपुरमा एकएक जना संक्रमित थपिएका छन् ।
     
    मन्त्रालयका अनुसार सबैभन्दा धेरै मोरङमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    आइतवार, श्रावण ११ २०७७०५:०१:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार