बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भारतमा पछिल्लो २४ घण्टामा ४ लाखभन्दा बढीको कोरोना परीक्षण ३२ हजारको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा ४ लाखभन्दा बढीको कोरोना परीक्षण ३२ हजारको मृत्यु

मेगा खबर संवाददाता

११, श्रावण २०७७
  • 1.7K
    SHARES

  • भारतमा पछिल्लो २४ घण्टामा  ४ लाखभन्दा बढीको कोरोना परीक्षण ३२ हजारको मृत्यु

    ११ साउन, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा चार लाखभन्दा बढी मानिसको कोरोना परीक्षण भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा चार लाख ४२ हजार ३१ नमुनाको कोरोना भाइरसको परीक्षण गरिएको हो ।

    पछिल्लो २४ घण्टामा भएका परीक्षणमध्ये सरकारी प्रयोगशालामा तीन लाख ६२ हजार १५३ नमुना परीक्षण गरिएको थियो भने निजी प्रयोगशालामा ७९ हजार ८७८ नमुना परीक्षण गरिएको थियो । यससँगै भारतमा प्रति १० लाख मानिसमा परीक्षणको संख्या ११ हजार ४८५ पुगेको छ ।त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४८ हजार ६६१ नयाँ संक्रमित थपिएका छन् ।

    यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि १३ लाख ८५ हजार ५२२ पुगेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ३२ हजार ६३ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ७०५ जनाको मृत्यु भएको हो ।भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा कोरोना भाइरसका संक्रमितको संख्या तीन लाख ६६ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् ।

    तामिलनाडुमा संक्रमितको संख्या दुई लाख ६ हजार नाघेको छ भने दिल्लीमा एक लाख २९ हजार कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।

    आइतवार, श्रावण ११ २०७७१२:४२:५४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार